यस्ता छन् याैनबारेका राेचक र अनाैठा तथ्यहरू
यौन जैविक तत्व हो । जुन हरेक प्राणीका लागि अनिर्वाय छ । यौन धेरै लुकाउन खोजिने तर अत्याधिक हेरिने विषय हो यौन । आज हामी यसैका बारेमा रहेका रोचक अनौठा तथ्यहरु तपाईमाझ पेश गर्दैछौ ।
१. धेरै अनुसन्धानकर्ताहरू छाला सबैभन्दा ठुलो सेक्स अंग र दिमाग सबैभन्दा शक्तिशाली ठान्छन् ।
२. महिलाको चरम आनन्द (अर्गाज्म) को रेकर्ड एक घण्टामा १ सय ३४ पटकको छ ।
३. किन्स्ले इन्सिच्युटका अनुसार वीर्य स्खलन हुँदाको गति २८ माइल प्रतिघण्टा हुन्छ ।
४. १० देखि १२ प्रतिशत महिलाले कहिल्यै चरम आनन्दको अनुभव गरेका हुँदैंनन् । सेक्स सिम्बोलको रुपमा अन्तर्राष्ट्रिय रूपमै लोकप्रिय अभिनेतृ मार्लिन मूनरोले कहिल्यै अर्गाज्मको अनुभव नगरेको बताइन्छ ।
५. योनिमा रक्तसन्चार बढी हुने भएकाले रजस्वला भएको समयमा महिलाले बढी अर्गाज्म अनुभव गर्छन् ।
६. नियमित सेक्सले मानिसमा रोगप्रतिरोधि क्षमताको विकास हुन्छ भने क्यालोरी खर्च हुने, महिलामा मासिक धर्म नियमित हुने र शारीरिक पीडामा प्राकृतिक औषधिको काम गर्छ ।
७. जब महिलाको योनि र भंगाकुरले एकसाथ सन्तुष्टिको अनुभव दिन्छन्, त्यसलाई ब्लेन्डेड अर्गाज्म भनिन्छ । यस्तै, चुम्बन, निप्पल र खुट्टामाथि दबाब दिदा पनि महिलाहरू अर्गाज्म महसुस गर्छन् ।
८. महिलाहरु पनि पुरुषजस्तै स्खलित हुन्छन् र त्यो पुरुषको वीर्य बन्ने रसायनबाटै बनेको हुन्छ । एकपटक महिला स्खलित हुँदा एक चम्चाजति स्त्रीरस स्खलन हुन्छ ।
९. महिलामा अर्गाज्म महसुस गराउने योनिभित्र रहेको स्थानको नाम ‘जी–स्पट’ डा. अर्नेष्ट ग्राफेनवर्गको नाममा राखिएको हो । उनले महिलाको योनिभित्र उत्तेजना दिने स्थान हुन्छ भन्ने पत्ता लगाएका थिए ।
१०. एक पुरुषले आफ्नो जीवनभर ०.५० खर्ब वीर्य स्खलन गर्न सक्छन् र एक स्वस्थ पुरुषले जीवनभर १४ ग्यालेन वीर्य स्खलन गर्न सक्छ ।
११. ३ करोड वर्षअघि ‘फुलिसिया डोरोथिया’ नामको जनावरले पहिलोपटक सेक्स गरेको भनेर धेरै वैज्ञानिकहरू विश्वास गर्छन् ।
१२. पोल्याण्डका समाजशास्त्री ब्रोनिस्ल मालिनोस्कीका अनुसार दक्षिण प्रशान्तका आदिवासीहरुले सेक्स गर्दाको पोजिसनको नाम ‘मिसनरी पोजिसन’ राखेका थिए । त्यहाँ भर्खर पुगेका क्रिश्चियन मिसनरीहरु आदिवासीहरू थुप्रै पोजिसनमा सेक्स गर्छन् भन्ने सुनेर छक्कै परेका थिए ।
१३. आफ्नी श्रीमतीलाई घरेलुकाममा सघाउने पुरुषहरु बढी सेक्स चाहन्छन् ।
१४. पुरुषको लिंग र महिलाको योनिको वरिपरीको मांसपेशीलाई ‘प्युबोकोसाइजिल मसल’ भनिन्छ । यो मांशपेशीको नियमित अभ्यासले महिला तथा पुरुषमा अर्गाज्म दिन्छ ।
१५. कण्डम उत्पादक कम्पनी ड्युरेक्सले सन् २००७/२००८ मा गरेको अनुसन्धानअनुसार सबैभन्दा धेरै सेक्स गर्नेमा ग्रिसका मानिस पर्छन् । उनीहरुले वर्षमा १६५ पटक सेक्स गर्छन् । त्यसपछि ब्राजिलका मानिसले १४५ पटक गर्छन् । विश्वभरका मानिसले वर्षमा सरदर १०३ पटक सेक्स गर्छन् ।







