नेपाल मलेसियाको सुपर लिग च्याम्पियन दारुलसँग १–० ले हार्यो

जनपत्र
१० भाद्र २०७६, मंगलवार ०६:३७

फिफा विश्वकप २०२२ का लागि दोस्रो चरणको प्रतिस्पर्धा गर्न लागेको नेपाली टिम यतिबेला मलेसियामा रहेको छ । भदौ १९ गते कुवेतसँग खेल्ने तयारीमा रहेको नेपाली टिमले सोमबार मलेसियाको सुपरलिग च्याम्पियन क्लब जोहोर दारुलसँग १–० ले स्तव्ध भयो । नियमित कप्तान विराज मजर्हनको ठाउँमा सुजल श्रेष्ठको कप्तानीमा खेलेको नेपाली टिमले सुरुमै गोल खान पुगेको थियो ।

दोस्रो मिनेटमा नेपालका सुमन अर्यालले फल गरेपछि पाएको फ्रिकिकलाई निकोलस अबर्टोले गोल गरेका थिए । त्यही गोल नै दारुलले अन्तिम समयसम्म कायम राखेका थिए । नियमित कप्तान महर्जन र उपकप्तानहरु किरण चेम्जोङ र भरत खवासलाई पनि यस पटक टिममा राखिएको थिएन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*