इन्डोनेसियाको प्रख्यात पर्यटकीय क्षेत्र बाली टापुमा खडेरी, पिउने पानीको अभाव

जनपत्र
३ कार्तिक २०८०, शुक्रबार १०:०७

unn.prixa.net

खडेरीका कारण इन्डोनेसियाको प्रख्यात पर्यटकीय क्षेत्र बाली टापुमा आपतकालीन सतर्कता घोषणा गरिएको छ ।

१४ दिनसम्म आपतकालीन सतर्कता घोषणा लागू हुने त्यहाँको सरकारले जनाएको छ । बाली प्रान्तका कार्यवाहक गभर्नर साङ मेड महेन्द्रले १४ दिन अगाडि विपद् आपतकालीन पूर्वतयारीको स्थिति कायम गर्ने निर्णय गरेको बताउनु भएको छ ।

बालीमा जुलाईदेखि अक्टोबरसम्ममा शुद्ध पिउनेपानीको अभाव भएको छ । जङ्गलमा आगलागी भएकाले स्थिति प्रतिकूल बनेको बाली प्रान्तका कार्यवाहक गभर्नर महेन्द्रले बताउनु भएको छ ।  खडेरी परेका क्षेत्रमा सहयोग उपलब्ध गराउने र मौसमलाई अनुकूल पार्न आवश्यक उपकरण तयार गर्नेलगायतका काम अगाडि बढाएको उहाँको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*