वित्तीय प्रणालीलाई अस्थिर हुन नदिन चीनलाई अन्तर्राष्ट्रिय मुद्रा कोषको आग्रह

जनपत्र
२४ आश्विन २०८०, बुधबार १०:५३

unn.prixa.net

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चीनको रियल स्टेट उद्योगमा विश्वास पुनःस्थापित हुनु निक्कै महत्त्वपूर्ण रहेको जनाएको छ । रियल स्टेट क्षेत्रको अस्थिरताले वित्तीय प्रणालीलाई अस्थिर हुन नदिन बेइजिङलाई तत्काल कदम चाल्न आग्रह गरिएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको मौद्रिक तथा पुँजी बजार विभागका निर्देशक टोबियास एड्रियनले विशेष गरी चीनमा वित्तीय स्थिरताको बारेमा चिन्ता व्यक्त गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ । उहाँले वित्तीय प्रणालीले निरन्तर काम गरिरहेको सुनिश्चित गर्नु तथा घरपरिवारले अर्थव्यवस्थामा सकारात्मक दृष्टिकोण राख्नु आर्थिक वृद्धि र वित्तीय स्थिरताका लागि धेरै महत्त्वपूर्ण रहेकोमा जोड दिनुभयो ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्रलाई खतरामा पार्ने रियल इस्टेट सङ्कटको भारलाई मध्यनजर गर्दै आईएमएफले चीनको आर्थिक वृद्धिको पूर्वानुमानमा संशोधन गरेको थियो । चिनियाँ अर्थतन्त्र यस वर्ष ५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।

सन् २०२४ मा चीनको आर्थिक वृद्धि ५ दशमलव २ प्रतिशत पुग्ने यसअघि अनुमान गरिएको भए पनि घटेर ४ दशमलव २ प्रतिशतमा झरेको छ ।  चिनियाँ रियल स्टेट लगानीकर्ताहरू हालैका वर्ष बढ्दो वित्तीय दबाबमा आएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*