अफगानिस्तानमा फेरि ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प

जनपत्र
२४ आश्विन २०८०, बुधबार १०:५२

unn.prixa.net

अफगानिस्तानमा फेरि भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ५ बजेर १० मिनेट जाँदा ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको बीबीसीले जनाएको छ ।

यसअघि गएको शनिवार पनि अफगानिस्तानकाे हेरात सहरदेखि २८ किलोमिटर उत्तरमा केन्द्रबिन्दु भएर ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यो भूकम्पमा परेर एक हजार जनाभन्दा धेरैको ज्यान गएको छ ।

शनिवारको भूकम्पले हेरात सहरदेखि ४० किलोमिटर परका कयौँ गाउँहरू ध्वस्त पारेको थियो । आजको भूकम्पले पुर्याएको क्षतिका विवरण आउन  भने बाँकी छ । भूकम्पपीडितलाई खानेकुरा, कम्बललगायतका सामग्री अभाव भएको खबरमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*