ऐठनलाई मदन पुरस्कार, जगदम्बाश्री टेकवीरलाई

जनपत्र
१६ आश्विन २०८०, मंगलवार ०६:५३

विवेक ओझाको उपन्यास ‘ऐठन’लाई यस वर्षको मदन पुरस्कार प्रदान गरिएको छ।

यसैगरी जगदम्बाश्री पुरस्कार टेकवीर मुखियालाई दिइने भएको छ। मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। दुवै पुरस्कारको राशि चार–चार लाख रुपैयाँ रहेको छ।

मदन पुरस्कारका लागि गुठीमा ३ सय १३ पुस्तक प्राप्त भएका थिए। जसमध्ये सुबिन भट्टराईको इजोरिया, ओझाको ऐठन, द्वारिकानाथ ढुंगेलको चक्रब्युहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय बिष्टको माटाको घर गरी पाँच उत्कृष्ट पुस्तकमा सूचीकृत गरिएका थिए।

माओवादी सशस्त्र आन्दोलनताका नेपाली समाजले भोगेको विषयवस्तुमा आधारित ऐठन उत्कृष्ट ठहर गर्दै गुठीको निर्णायक समितिले छनोट गरेको हो। संघीय संसद्को लोगो डिजाइन गरेका मुखियाले प्रौढ र बालपुस्तकका कभर र चित्रहरू बनाउँदै आएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*