साफ यू–१९ च्याम्पियनशिप : भुटानलाई हराउँदै पाकिस्तान फाइनलमा

जनपत्र
१० आश्विन २०८०, बुधबार १६:२४

unn.prixa.net

काठमाण्डाै – भुटानलाई हराउँदै पाकिस्तान १९ वर्षमुनिकाे साफ च्याम्पियनशिप फुटबलकाे फाइनलमा पुगेकाे छ ।

आज बुधवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा पाकिस्तानले भुटानलाई पेनाल्टी शुटआउटमा ६–५ गाेलले हराउँदै फाइनलमा पुगेकाे हाे । निर्धारित ९० मिनेटकाे खेलमा दुवै टाेलीले गाेल गर्न नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।

अब पाकिस्तानले फाइनलमा अहिले बेलुकी साढे ५ बजे हुने नेपाल र भारतबीचकाे खेलकाे विजेतासँग खेल्नेछ । फाइनल खेल शनिवार हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*