एमाले बागमती अधिवेशन : आजै साँझबाट निर्वाचन प्रक्रिया सुरु

जनपत्र
९ आश्विन २०८०, मंगलवार १३:०९

हेटौंडा । नेकपा (एमाले) वाग्मती प्रदेश अधिवेशनको बन्दसत्र सुरु भएको छ । एमाले नेता शेरबहादुर तामाङले काठमाडौंको प्रज्ञा भवनमा मंगलबार बन्दसत्र सुरु भएको जानकारी दिएका छन् । बन्दसत्र सञ्चालनका लागि एमालेले गुरु बरालको अध्यक्षतामा अध्यक्षमण्डल गठन गरिएको छ । त्यस्तै बन्दसत्रमा आगामी कार्ययोजना के रहने भन्नेबारे प्रस्तुति गरिने बताइएको छ । बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि २ बजेबाट समूहगत छलफल गरिने बताइएको छ ।

नेकपा(एमाले) बागमती प्रदेश अधिवेशन सञ्चालनका लागि नेता गुरु बरालको अध्यक्षतामा ११ सदस्य अध्यक्ष मण्डल गठन भएको  छ । जसमा शेरबहादुर तामाङ, देवी ज्ञवाली, आनन्दप्रसाद पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल चौँलागाईँ, रामेश्वर फुयाँल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ र रत्ना गुरुङ सदस्य रहेका छन् ।

अध्यक्ष केशवराज पाण्डेले बन्दसत्रमा पेस गरेको राजनीतिक, सांगठानिक, आर्थिक र आगामी कार्ययोजनासम्बन्धी प्रतिवेदनमाथि दिउँसो २ बजेबाट छलफल हुने नेता शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार प्रतिवेदनमाथि छलफल सकिएपछि आजै साँझबाट निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

एमाले बागमती प्रदेश कमिटी अध्यक्ष पदमा नेतृत्वले सहमतिको प्रयास गरे पनि सफल हुन सकेको छैन । अध्यक्षमा केन्द्रीय सदस्यहरू रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्ण दाहाल र नुवाकोटका केशवराज पाण्डेसहित नेताहरू चितवनका कृष्णभक्त पोखरेल र काठमाडौँका सानुकुमार श्रेष्ठबिच प्रतिस्पर्धा हुने देखिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*