‘बादल वर्षा बिजुली’ले इन्स्टाग्राम रिलमा बनायो कीर्तिमान
‘बादल वर्षा बिजुली’ इन्स्टाग्राममा सर्वाधिक रिल बनाइने गीत बनेको छ । सोसल मिडिया एनालिटिक्स दास हड्सनका अनुसार यो गीतलाई लिएर इन्स्टाग्राममा मात्र ४.१ मिलियन (४१ लाख) पटक रिल बनाइएको छ ।
यो तथ्यांक सेप्टेम्बरसम्मको रहेको गीतका रचनाकार करुण थापाले जानकारी दिए । उनका अनुसार टिकटकमा मात्र ८ लाख ५० हजार भिडियो बनाइएको छ । ‘युट्युब सर्ट्स र अरुमा गन्ती नै छैन,’
तर उक्त एनालिटिक्स प्लेटफर्म दास हड्सनले ‘बादल वर्षा बिजुली’भन्दा कम संख्या प्राप्त गरेको ह्यारी स्टाइलको गीत ‘एज इट् वाज’लाई शीर्ष स्थानमा राखेको छ । जब कि ह्यारी स्टाइलको उक्त गीतको इन्स्टाग्राममा रिल बन्ने संख्या ३.४ मिलियन (३४ लाख) मात्र रहेको छ । अनलाइनखबरबाट ।






