‘सीमारेखा’ निर्देशक रानाको निधन

जनपत्र
५ भाद्र २०७६, बिहीबार ०६:०८

बरिष्ठ फिल्म निर्देशक किशोर राना मगरको निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट ग्रसित उनको ६४ वर्षको उमेरमा बुधबार निदान हस्पिटलमा निधन भएको हो । ‘सीमारेखा’, ‘करोडपति’, ‘राँको’, ‘एक नम्बरको पाखे’ जस्ता सफल फिल्म निर्देशन गरेका उनको बिहीबार वा शुक्रबार मात्र अन्त्येष्टि हुने जानकारी प्राप्त छ ।
पछिल्लो समय फिल्म ‘प्रतिबिम्ब’ निर्माणको क्रममा निर्देशक रानामा स्वास्थ्य समस्या देखा परेको थियो । मृगौलामा समस्या देखापछि उनले भारतको बैंगलोरमा गएर २ पटक डाइलिसिस गरेका थिए । त्यसपछि फेरि निमोनियाले ग्रसित भएपछि उनको दुबै मृगौलामा खराबी आएको थियो । विगत ६ वर्षदेखि उनले नियमित डाइलिसिस गर्दै आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*