अमेरिकामा नेपाल भन्दा एक दिन अघी नै दशैं, के भन्छन ज्योतिषहरु?

जनपत्र
३ भाद्र २०७६, मंगलवार ०६:३५

चाडपर्व र तिथि उल्लेख भएका नेपालको पात्रो अमेरिकाको लागि उपयुक्त र सही नभएको धारणा ज्योतिषहरुको रहेको छ। यस वर्ष बडादशैंको टीका समेत नेपालको भन्दा अघिल्लै दिन गर्नुपर्ने अवस्था तिथिले गराएको समेत उनीहरुले उल्लेख गरेका छन्। नेपाल अमेरिका पत्रकार संघ नेजाले आइतबार ड्यालसमा आयोजना गरेको अन्तरकृयामा अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा माधबप्रसाद भट्टराईले नेपालको क्यालेण्डरलाई अमेरिकामा हु–बहु लागु गर्न नमिल्ने बताए।

‘उताबाट देखिने सूर्य, तारा, ग्रहको गतिमा आधारित रहेर नेपालको भूगोलको हिसाब गरेर बनाइएको हो त्यो पात्रो । गौरीशंकर हिमालको देशान्तरलाई आधार मानेर बनाइएको हो नि,’ डा भट्टराईले भने। उनले जसरी नेपालको संविधान अमेरिका लगायत अरु देशमा लागु हुन सक्दैन त्यसैगरि नेपालको पात्रो हु–बहु रुपमा अमेरिकामा लागु नहुने बताए।

अमेरिकाको लागि यहाँको सूर्योदयको समय, देशान्तर, ग्रह, नक्षत्रलाई हिसाब गरेर छुट्टै क्यालेण्डर (पात्रो) आवश्यक रहेकोमा जोड दिदै डा भट्टराईले त्यसो नभएमा तिथिप्रधान पर्वहरु ९५ प्रतिशत फरक पर्ने बताए। ‘नेपालको भूगोल, ग्रह, नक्षत्रलाई आधारमा मानेर तयार पारिएको क्यालेण्डरमा ११ र १२ घण्टा समय पछि पारेर अमेरिकामा तिथिप्रधान चाडपर्व, तिथि श्राद्ध गर्दा ९५ प्रतिशत फरक पर्छन, ५ प्रतिशतमात्र यदाकदा मिल्छन्’ उनले भने।

‘नेपालको पात्रो नेपालकै भूगोलभित्रका लागि मात्र हो । नेपालको पात्रोलाई नेपाल बाहिर सन्दर्भ सामग्रीका रुपमा त लिन मिल्छ । तर अरु देशमा हुबहु लागु गर्दा तिथि उल्टोपुल्टो पर्छन्’ उनले भने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*