चन्द्रयान–३ ले चन्द्रमाको नजिकबाट पठाएको तस्बिर सार्वजनिक

जनपत्र
२ भाद्र २०८०, शनिबार १५:२५

unn.prixa.net

काठमाण्डौ – भारतले चन्द्रयान–३ सँग पठाएको विक्रम नामको ल्यान्डरले खिचेको चन्द्रमाको तस्बिर सार्वजनिक भएको छ ।

अहिलेसम्म सबैभन्दा कम खोजी भएको चन्द्रमाको दक्षिणी ध्रुवतर्फ नजिकिँदै गर्दा भारतको अन्तरिक्ष निकायले चन्द्रमाको पछिल्लो तस्बिर सार्वजनिक गरेको बीबीसीले जनाएको छ ।

सार्वजनिक भएको तस्बिरमा चन्द्रमाको सतहमा चट्टान र खाडलहरू देखिन्छन् ।

चन्द्रमाको ध्रुवीय सतह निकै खतरनाक छ । त्यहाँ ठूलाठूला खाडल र भीरहरू छन् ।

केही खाडलमा अर्बौँ वर्षदेखि सूर्यको प्रकाश परेको छैन । वैज्ञानिकहरूले स्थायी रूपमै सूर्यको प्रकाश नपर्ने क्षेत्रमा पानी पाइनसक्ने सम्भावना रहेको बताएका छन् ।

चन्द्रयान–३ अभियानको प्रमुख उद्देश्य त्यहाँ पानी भएको बरफ खोज्नु हो ।

वैज्ञानिकहरूले पानी भेटिएको अवस्थामा भविष्यमा चन्द्रमामा मानव बस्ती बस्न सक्ने बताउँदै आएका छन् ।

रोभर लिएर गएको विक्रम आउँदो बुधवार चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्दैछ ।

भारतको अन्तरिक्ष अन्वेषण सम्बन्धी निकाय इसरोले आफ्नो ल्यान्डर मोड्यूलले तल्लो कक्षतर्फ अवतरणको क्रम सुरु गरेको जनाएको छ ।

चन्द्रयान–३ को तौल तीन हजार नौ सय किलो छ । यसको लागत झण्डै ६ अर्ब १५ करोड भारतीय रुपैयाँ हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*