स्यान्डवीच दिन ढिलो गरेको भन्दै गोली प्रहार, वेटरको मृत्यु

जनपत्र
२ भाद्र २०७६, सोमबार ०६:३६

फ्रान्सको पेरिसका एक रेस्टुरेन्टमा चाँडै  स्यान्डवीच  नदिएको आरोपमा ग्राहकले गोली चलाउँदा एक वेटरको मृत्यु भएको छ ।  हत्याका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  । सो घटना गएको शुक्रबार साँझ पूर्वी न्वाइजी ले ग्रान्ड सुबर्बमा भएको थियो ।   शंकास्पद सो ग्राहक त्यहाँबाट भागेको र समाउन नसकिएको जनाइएको छ । २८ वर्षिय ती वेटरलाई बचाउने प्रयास गरिएको भएपनि उनको घटनास्थलमै मृत्यु भएको थियो । (बीबीसी)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*