स्पेन पहिलो पटक महिला विश्व कप फुटबलको सेमिफाइनलमा

जनपत्र
२६ श्रावण २०८०, शुक्रबार १३:१७

unn.prixa.net

काठमाण्डाै – फिफा महिला विश्व कप फुटबलमा नेदरल्यान्ड्सलाई हराउँदै स्पेन सेमिफाइनलमा पुगेको छ । आज बिहान न्युजिल्यान्डको वेलिङ्गटनमा भएको खेलमा नेदरल्यान्ड्सलाई २–१ गोलले हराउँदै स्पेन पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।

निर्धारित समयमा एक/एक गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । स्पेनका लागि साल्मा पारेलुले निर्णायक गोल गरिन् । आज हुने अर्को क्वाटरफाइनलमा जापान र स्वीडेनबीच दिउँसो सवा एक बजे खेल हुनेछ । भोलि अष्ट्रेलिया र फ्रान्स तथा इङ्ग्ल्यान्ड र कोलम्बिया खेल्नेछन् ।

चार पटकको च्याम्पियन अमेरिका, २ पटकको च्याम्पियन जर्मनी, ओलम्पिकमा स्वर्ण पदक विजेता क्यानडा र छैटौँ पटक विश्व कप खेलिरहेको ब्राजिल क्वाटरफाइनलमा नपुग्दै बाहिरिए । जापान सन् २०११ को च्याम्पियन हो । यो संस्करणमा जापान क्वाटरफाइनलमा पुग्ने एक मात्र एसियाली टोली हो । फाइनल खेल अगस्ट २० तारिखमा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*