चीनमा पहिरोमा बाट १७ जना मजदूर बेपत्ता
जनपत्र
३२ श्रावण २०७६, शनिबार ०६:५१

दक्षिण पश्चिमी चीनको एक रेलवे स्टेशन पुनः निर्माण भइरहेको अवस्थामा आएको पहिरोका कारण कम्तीमा १७ जना मजदूर बेपत्ता भएका छन् । पहाडी इलाकामा रेलको लिक निर्माण कार्यमा संलग्न १७ जना कामदार बेपत्ता रहेका चाइना डेलीले जनाएको छ ।
सिचुआन प्रान्तको गान्लुओ ग्रामीण इलाकामा तिब्र रुपमा एक्कासी पहिरो आएको प्रत्यक्षदर्शीले बताएका छन् । रेल निर्माणको निरीक्षण गरिरहेका चीनका रेल अधिकारी चुन कुनले चट्टान र माटो दुई वा तीन सेकेन्डभित्र खसेको र आफूहरु दौडिरहेको बेलामा चट्टानले आफूलाई पछ्याएको महसूस भएको बताएका छन् ।