राष्ट्रिय टीममा विराज परेनन्, किरण, भरत र राेहित अनुपस्थित

जनपत्र
३२ श्रावण २०७६, शनिबार ०६:४७

विश्वकप–२०२२ छनोट खेल अगाडि मलेसियाको लिग च्याम्पियन टीम चोहोरसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टीमको घोषणा गरिएको छ । प्रशिक्षक योहान कालिनले २३ खेलाडीको सूची घोषणा गरेका हुन् । घोषणा गरिएको टीममा नेपालका अनुभवी खेलाडीहरु भने समेटिएको छैन । कप्तान विराट महर्जन नै टीममा परेका छैनन् ।

देश बाहिरका विभिन्न लिगमा रहेकाले गोलकिपर किरण जेम्जोङ, स्ट्राइकर भरत खवास टीममा परेका छैनन् । अर्का अनुभवी खेलाडी रोहित चन्द पनि टीममा छैनन् ।

गोलकिपरः विकेश कुथु, एलान न्यौपाने, विशाल श्रेष्ठ

डिफेन्डरः सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजित धिमाल, सुमन अर्याल

मिडफिल्डरः सुनील बल, रवी पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई

स्ट्राइकरः विमल घर्तिमगर, अभिशेख रिजाल, नवयुग श्रेष्ठ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*