उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र परीक्षण, दक्षिणसँग वार्ता गर्न अस्वीकार
उत्तर कोरियाले शुक्रबार फेरि छोटो दुरीका दुई परमाणु सामुद्रीक क्षेत्रमा प्रक्षेपण गरेको छ । परमाणु प्रक्षेपण गरेपछि दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले वार्ताका लागि गरेको प्रस्तावलाई उत्तर कोरियाले अस्विकृत गरेको छ ।
यो प्रक्षेपण पछिल्लो समयमा गरिएको छैठौँ पटकको प्रक्षेपण हो । अहिले प्योङ्याङ रिसाएको पाइएको छ । दक्षिण कोरियाली सेनाले तोङओन क्षेत्रबाट हतियार परीक्षण गरिएको जनाएको छ । एएफपी