ब्राजिलको राजधानी रियो दि जेनेरियोमा आपराधिक समूहलक्षित कारबाहीमा परि नाै जनाकाे ज्यान गयाे

जनपत्र
१८ श्रावण २०८०, बिहीबार १२:३९

unn.prixa.net

ब्राजिलको राजधानी रियो दि जेनेरियोमा प्रहरीले आपराधिक समूह लक्षित कारबाहीलाई तीव्र पारेको छ ।

रियो दि जेनेरियो सहर आसपासमा प्रहरीले गरेको आक्रमणमा कम्तीमा नौ जना व्यक्तिको ज्यान गएको समाचार संस्था अलजजिराले जनाएको छ ।

हिंसात्मक घटनाका कारण कम्प्लेक्स दा पेन्हामा आपराधिक समूहलाई लक्षित गरी प्रहरीले कारबाही तीव्र पारेको छ ।

ब्राजिलमा पछिल्ला दिनमा भइरहेका प्रहरी कारबाहीलाई राजनीतिक समर्थन छ । ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोले प्रहरीबाट भइरहेको कामको समर्थन गर्नुभएको छ । तर यस्तो आक्रमणमा प्रहरीले व्यापक बल प्रयोग गरेको भन्दै आलोचना भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*