आफ्नो हित सुरक्षित भएमा रूस ब्ल्याक सी सम्झौता लागू गर्न तयार

जनपत्र
१८ श्रावण २०८०, बिहीबार ११:२५

unn.prixa.net

आफ्नो हित सुरक्षित भएमा रूस ब्ल्याक सी सम्झौता लागू गर्न तयार रहेको राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ ।

पुटिन र टर्कीका समकक्षी रेसेप तैयप एर्दोगानबीच भएको टेलिफोन वार्तामा मस्कोले आफ्नो हित सुरक्षित भएमा युक्रेनसँगको ब्ल्याक सी खाद्यान्न सम्झौतामा फर्कने बताउनुभएको हो ।

दुई नेताले ब्ल्याक सी बन्दरगाहबाट युक्रेनी खाद्यान्नको निर्यात र रूसी खाद्य तथा मलको निर्यात सुविधाबारे भएको सम्झौताका विषयमा छलफल गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

क्रेमलिनका अनुसार दुई नेताबीच भएको भर्चुअल वार्तामा पुटिनले एर्दोगानलाई खाद्यान्न सम्झौताको रूसी भागको कार्यान्वयनविना सम्झौताको विस्तार अर्थहीन रहेको बताउनुभएको थियो ।

सम्झौता अनुसार पश्चिमा देशले आफ्ना सबै दायित्व पूरा गर्नेबित्तिकै रूस सम्झौतामा फर्कने रूसी राष्ट्रपति पुटिनको भनाइ छ । दुवै नेताले रूसी खाद्यान्न आवश्यक परेका देशहरूमा आपूर्ति गर्न सकिने वैकल्पिक तरिकाबारे पनि छलफल गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*