भारत र वेस्ट इन्डिजबीचको तेस्रो तथा निर्णायक एकदिवसीय खेल आज

जनपत्र
१६ श्रावण २०८०, मंगलवार १२:३३

unn.prixa.net

काठमाण्डाै – भारत र वेस्ट इन्डिजबीचको तेस्रो तथा निर्णायक एकदिवसीय खेल आज हुँदैछ । यो खेल ब्रायन लारा मैदानमा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ ।

घरेलु टोली वेस्ट इन्डिजले दोस्रो एकदिवसीयमा भारतलाई ६ विकेटले हराएर शृङ्खलामा एक/एकको बराबरी गरेको छ ।

भारतले दोस्रो खेलमा विराट कोहली र रोहित शर्मालाई विश्राम दिएको थियो । एकदिवसीयमा वेस्ट इन्डिजले भारतलाई हराएको यो चार वर्षयताको पहिलो खेल थियो । योसँगै वेस्ट इन्डिजले भारतसँग लगातार नौ हारको शृङ्खला अन्त्य गरेको छ । आजको खेल जित्ने टोलीले शृङ्खला जित्नेछ ।

यसपछि भारत र वेस्ट इन्डिजबीच पाँच टी–२० खेल हुनेछ । पहिलो टी–२० खेल पर्सि बिहीवार हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*