चीनमा विद्यालयको जिमको छाना खस्दा ११ जनाको मृत्यु

जनपत्र
८ श्रावण २०८०, सोमबार १२:३७

चीनमा एक विद्यालयको जिमको छत भत्किँदा हालसम्म कम्तीमा ११ जनाको मृत्यु भएको छ।

चीनको सरकारी सञ्चारमाध्यमका अनुसार देशको उत्तरपूर्वी क्षेत्रमा वर्षाका कारण यो दुर्घटना भएको हो।

छत भत्किँदा १९ जना भित्र रहेको अधिकारीहरूले बताएका छन्।

मृत्यु हुनेमा बालबालिकासमेत रहेको प्रत्यक्षदर्शीले सञ्चारमाध्यमलाई बताएका छन्। तर, यसबारे औपचारिक रूपमा अहिलेसम्म केही बताइएको छैन।

उक्त भवनका इन्चार्जलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटना हुनेबित्तिकै चारजना घटनास्थलबाट भाग्न सफल भएको अधिकारीहरूले बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*