कतारमा नेपालीमाथि बंगलादेशीको आक्रमण : एकको मृत्यु, पाँचजना घाइते

जनपत्र
३० श्रावण २०७६, बिहीबार ०६:२३

कतारमा नेपालीमाथि भएको बंगलादेशी नागरिकको सांघातिक हमलामा एकजना नेपालीको मृत्यु भएको छ। बंगलादेशका नागरिकले नेपालीमाथि हातहतियारले गरेको आक्रमणबाट थप पाँचजना नेपाली नागरिक घाइते भएको बताइएको छ। नेपाली नागरिकको पर्स खोख्न खोज्दा झगडा भएको र ६ जना नेपालीमाथि बंगलादेशी नागरिकको समूहले सांघातिक हमला गरेको बताइएको छ।
कतारस्थित नेपाली राजदूतावासले भने घटनाको पुष्टि गरे पनि कसले हमला गरेको भन्नेबारे उल्लेख गरेको छैन। विवाद चर्किदै गएपछि बंगलादेशका नागरिकहरूको समूह मिलेर ६ जना नेपालीमाथि सांघातिक हमला गरेका हुन्। कतारको जैदा पार्कमा उक्त घटना मंगलबार साँझ भएको हो। हातहतियार सहित आएको बंगलादेशी नागरिकहरूको आाक्रमणमा परी सुनसरी जिल्ला हरिनगर गाउँपालिका घुस्की भन्ने स्थानका तबरेज अन्सारीको घटनास्थलमै मृत्यु भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*