नेपालले मलेसियामा मैत्रीपूर्ण फुटबल खेल्ने

नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियाको सुपर लिग च्याम्पियन क्लब जोहार डारुल टाजिम एफसीसँग भदौं ९ गते मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०२२ को फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीका लागि मलेसियन क्लबसँग मैत्रीपूर्ण खेल खेलाउन लागेको हो ।
विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेई रहेका छन् । दोस्रो चरणको छनोट सन् २०१९ को सेप्टेम्बर ५ देखि सन् २०२० को जुन ९ जुनसम्म सञ्चालन हुनेछ । नेपालले छनोट चरणको पहिलो खेल ५ सेप्टेम्बरमा कुवेतसँग खेल्दैछ । कुवेतसँगको दोस्रो खेल नोभेम्बर १९ मा हुनेछ । यसैगरी नेपालले सेप्टेम्बर १० मा चाइनिज ताईपेई र अक्टोबर १५ मा जोर्डनसँग उसैको मैदानमा खेल्नेछ ।