भारतको महाराष्ट्रमा पहिरो : चार जनाको ज्यान गयो, २२ जनाको उद्धार

जनपत्र
४ श्रावण २०८०, बिहीबार १०:१०

unn.prixa.net
भारतको महाराष्ट्रमा पहिरो जाँदा चार जनाको ज्यान गएको छ । महाराष्ट्रको रायगढ इरशालवाडी गाउँमा पहिरो गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिरोमा परेका २२ जनाको जीवितै उद्धार गरिएको छ ।

पहिरोमा केही पुरिएका हुन सक्ने आशङ्कामा खोजी तथा उद्धारको काम भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिरोमा ३० परिवार प्रभावित भएका हुन सक्ने अनुमान गरिएको छ ।

पहिरो प्रभावित क्षेत्रमा महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिंदे पनि पुग्नु भएको खबरमा उल्लेख गरिएको छ । रायगढका जिल्लाधिकारी योगेश महासेले गएराति पहिरो गएको पुष्टि गर्नुभएको हाे । पहिरो प्रभावित क्षेत्र विकट क्षेत्रमा रहेकाले राहत पुर्याउन चुनौती रहेको उहाँले बताउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*