बागमती प्रदेशः मुख्यमन्त्री र दुइ मन्त्रिका जिल्लामा मात्र बजेट खन्याएको भन्दै एमाले संसदीय दलको बिरोध
हेटौंडा । बागमती प्रदेश मुख्यमन्त्री र दुइ मन्त्रिका जिल्लामा मात्र बजेट खन्याएको भन्दै एमाले संसदीय दलको बिरोध गरेको छ । एमाले संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री र मन्त्रीहरुले आफ्ना जिल्ला र निर्वाचन क्षेत्रमा मात्र बजेट खन्याएको तर,अन्यत्र बजेट नदिएको भन्दै बिरोध जनाइएको छ ।
बागमती प्रदेश सरकारले विकराल र भयानक आर्थिक अवस्थालाई नजरअन्दाज गर्दै प्रस्तुत गरेको असन्तुलित बजेट प्रति नेकपा(एमाले) को रहेको छ । ेविगत सरकारले थालनी गरेको सामुहिक खेतिलाई निरन्तरता दिनेगरी बजेटमा संसोधन गरिनुपर्ने लगायतका ११ बुँदै मागहरु राख्दै आज पनि संसद अबरुद्ध गरिने एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताउनुभयो ।
यसैगरी सार्वजनिकरुपमा संचालन हुने विद्युत्तीय सवारी साधन संचालन गर्न बजेटको व्यवस्था गरिनुपर्ने, भीमफेदी कुलेखानी सुरुङ मार्गका लागि शीर्षक मात्र होइन प्रदेश सरकारबाट संघीय सरकारसँग समन्वय गरी वजेटको व्यवस्था गरिनुपर्ने , पालिकाको केन्द्रसँग जोड्ने सडक सञ्जाल निर्माणका लागि गुरुयोजना बनाई बजेटको व्यवस्था गरिनुपर्ने, १३ वटै जिल्लामा प्रदेश गौरवका योजनालाई बजेटको व्यवस्था गरिनुपर्र्नेे, कृषिमा आधुनिकीकरण गरी युवाहरुलाई देशमा नै स्वरोजगार बनाउन अघिल्ला सरकारले सुरु गरेको सहुलियतपूर्ण ऋणको रकम ३ अर्ब पनि यो सरकारले काटेको छ, यसलाई बढाएर बजेटको व्यवस्था गरिनुपर्ने लगायतका मागहरु राखिएको छ ।
एमालेले पत्रकार सम्मेलनमा राखेका मागहरु यस प्रकार रहेका छन् ।








