वेस्ट इण्डिजविरुद्ध विराट कोहलीकाे नयाँ रेकर्ड

जनपत्र
२७ श्रावण २०७६, सोमबार ०६:२८

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले नयाँ रेकर्ड बनाएका छन् । कोहलीले वेस्ट इण्डिजविरुद्धको एक दिवसीय क्रिकेटमा १९ रन बनाएसँगै पाकिस्तानी खेलाडी जावेद मियाँदादको वेस्ट इण्डिजविरुद्ध सर्वाधिक रन बनाउने विदेशी खेलाडीको रेकर्ड तोडेका हुन् ।

आइतबार दोस्रो एक दिवसीय क्रिकेटमा टस जितेर पहिला ब्याटिङ गर्ने क्रममा भारतले सुरुआत भने राम्रो गर्न सकेन । पहिलो विकेट गुमेपछि ब्याटिङ गर्न आएका विराटले १९ रन बनाएसँगै २६ वर्ष पुरानो जावेद मियाँदादको रेकर्ड भंग गरेका हुन् ।

मियाँदादले वेस्ट इण्डिजविरुद्ध ६४ पारीमा १९३० रन बनाएका थिए । यो रेकर्ड कायम गर्न कोहलीलाई ३५ पारीमात्र लाग्याे । विराटले वेस्ट इण्डिजविरुद्ध अहिलेम्म सात शतक पनि बनाएका छन् ।

आजको खेलमा विराट कोहलीले १२५ बलमा १४ चौका र १ छक्काको सहयोगमा १२० रन बनाए । योसँगै उनले ४२औँ शतक प्रहार गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*