१३ औं साग प्रतियोगितमा मनोनयन दर्ता गराउँने मिति तय

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रतियोगितमा सहभागि जनाउँनको लागि नाम दर्ता गर्ने मिति तय भएको छ । काठमाडौं र पोखरामा हुने प्रतियोगितमा टिम दर्ता गर्ने मिति तय भएको हो ।
आगामी कात्तिक १४ गतेभित्र खेलाडीको नाम दर्ता गराउनुपर्ने समयतालिका सार्वजनिक गरेको छ । यो मितिभित्र सहभागी सबै देशले आ–आफ्ना खेलाडीहरुको नाम, खेल र विधा खुलाएर दर्ता गराईसक्नुपर्नेछ ।
यसैगरी भदौं ७ गतेसम्म टेक्निकल ह्याण्डबुक तयार गर्ने तथा असोज १३ गतेसम्म सबै सहभागी देशहरुले खेल्ने खेल चयन गरिसक्नुपर्ने समयतालिका बनाइएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले जनाए ।
नेपालले यही मंसिर १५ गतेदेखि १३ औं साग आयोजना गर्ने तयारी गरिरहेको छ । यसैबीच भारतले १३ औं सागमा सहभागी हुनेबारे लिखित पत्र पठाएको समेत बताए ।