जम्मू–कश्मीरबाट ७० आतंकवादी सारिए, धारा १४४ लागू

जनपत्र
२४ श्रावण २०७६, शुक्रबार ०८:५४

जम्मू–कश्मीरमा अनुच्छेद ३७० हटाइएपछि स्थिति सुधारका लागि नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले निरन्तर ध्यान दिइरहेको जनाएको छ । राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल कश्मीरमै रहेका छन् ।

समाचार सूत्रहरुलाई मान्दै भारतीय संचारमाध्यमहरुले ७० आतंकवादी तथा अलगाववादीहरुलाई कश्मीरबाट आगरामा सारिएको छ । उनीहरुलाई विशेष विमानबाट आगरा सारिएको बताइएको छ । कश्मीरमा अर्को आदेश नभएसम्मका लागि धारा १४४ कायमै रहने छ ।

स्कुल तथा कलेजहरु शनिबारसम्म बन्द रहने छन् । जम्मू कश्मीरको स्थिति सुधार र प्रशासनीक काममा निरन्तरता दिन सबै कर्मचारीलाई आदेश जारी गरिसकिएको छ ।

राष्ट्रिय सुरक्षा परिषदका अतिरिक्त सचिव एसएम सहायले केही दिनमै राज्यबाट प्रतिबन्ध हट्ने विश्वास व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*