यो वर्ष साढे ३ हजार नेपालीलाई डिभी पर्‍यो, बंगलादेशले भर्नै पाएन

जनपत्र
२४ श्रावण २०७६, शुक्रबार ०८:५०

सन् २०२० को अमेरिकाको डिभी चिट्ठा पर्नेमा नेपाल पाँचौं भएको छ। अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) को भिसा बुलेटिन अगस्ट अंक अनुसार नेपालका ३ हजार ६ सय ९६ लाई डिभी परेको छ।
उनीहरू पहिलो पत्र पाउने छन्। छान्ने प्रक्रियाका सबै मापदण्ड पूरा हुने मात्र अमेरिका आउन पाउने हुन्। नेपालभन्दा धेरै इजिप्ट ५,५६८, रसिया ५,११८, प्रजातान्त्रिक कंगो ४,७४३, र इरान ४,१०१ छन्। सन् २०२० को डिभी भर्न नपाएका देशका नागरिकहरुमा  बंगलादेश, ब्राजिल, क्यानडा, कोलम्बिया, डोमिनिकन रिपब्लिक, एल साल्भाडोर, हैटी, भारत, जमाइका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, पेरू, फिलिपिन्स, दक्षिण कोरिया, संयुक्त अधिराज्य (आयरल्याण्डबाहेक), र यसमा निर्भर भू–भाग, र भियतनाम छन्। सन् २०१८ अक्टोबर ३ देखि नोभेम्बर ६ सम्मको ३४ दिनका लागि खोलिएको आवेदन समयमा कूल १ करोड ४७ लाख २२ हजार ७ सय ९८ निवेदन गल्ती नगरी भरिएको पाइएका थिए। यसमा छानिएका मानिसले अक्टोबर १, २०१९ देखि सेप्टेम्बर ३०, २०२० सम्ममा अमेरिका आउने भिसा पाउने छन्।  डिभी चिट्ठा अमेरिका आउने र बाँकी जीवन यहा व्यतित गर्न चाहनेका लागि सबभन्दा सजिलो तथा सम्मानित उपाय हो।
डिभी पर्ने बित्तिकै अमेरिका आउन भने पाइने होइन। चिट्ठा परेपछिका प्रक्रिया छन्, फर्स्ट लेटर, सेकेन्ड लेटर, अन्तर्वार्ता, स्वास्थ्य–परीक्षण आदि । तर सेकेन्ड लेटरपछि अन्तर्वार्तामा जाँदा गर्नुपर्ने तयारी, अनि अन्तर्वार्तापछि हातमा भिसा नपरून्जेल अमेरिका आउने ग्यारेन्टी पक्कै हुन्न। सन् १९९० मा कानुन ल्याएपछि डिभी चिट्ठाको सुरूवात सन् १९९५ मा भएको हो। तर नेपालीले डिभी चिट्ठा भर्न थालेको अलिपछि हो। वर्षको ५ देखि ५५ हजार यसै माध्यमबाट सधैंका लागि अमेरिका आउन पाउँछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*