नेपाल जान्छु भन्दै झोला बोकेर हिँडेका देवकुमार मलेसियामा हराए

जनपत्र
२३ श्रावण २०७६, बिहीबार ०६:२०

सिरहाका एक नेपाली एक हप्तादेखि मलेसियामा सम्पर्कविहीन भएका छन् । क्वालालाम्पुरको मार्लफ कम्पनीमा कार्यरत देवकुमार साह एक हप्तादेखि सम्पर्कविहीन  हुनुभएको हो । गएको जेठ १७ गते सेक्युरिटीको काममा मलेसिया गएका देवकुमार त्यहाँ पुगेको २० दिनसम्म सामान्य भए पनि त्यसपछि असामान्य व्यवहार गर्न थालेको उहाँका आफन्त जयप्रकाश चौधरीले बताउनुभयो ।

असारको मध्यतिर देवकुमार नेपाल जान्छु भन्दै कम्पनीबाट झोला बोकेर निस्किनुभएको थियोे । त्योबेला भने साथीभाइले भेटेर फर्काएर कम्पनी लगेका थिए ।  मलेसिया पुगेको एक महिना पनि नबित्दै असामान्य व्यवहार गर्न थालेपछि देवकुमारलाई नेपाल फर्काउने कम्पनीले तयारी गरिरहेको थियो । तर गएको हप्ता कोही पनि नभएको समयमा कम्पनीबाट निस्किएका देवकुमार त्यसपछि सम्पर्कविहीन  हुनुहुन्छ ।

आफन्त जयप्रकाशले भन्नुभयो, ‘न फोन छ, न के, मलेसियाको कुन ठाउँमा परेको होला, परिवारमा पनि एकदमै चिन्ता भएको छ । कतै भेट्नुभयो भने खबर गरिदिनुस् ।’
देवकुमारलाई कतै देखेमा +601123389240 अथवा 9807724155 नम्बरमा सम्पर्क गरिदिन परिवारको आग्रह छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*