उत्तर कोरियाद्वारा लगातार मिसाइल प्रक्षेपण– दुईसातामा चारवटा प्रक्षेपण !

जनपत्र
२२ श्रावण २०७६, बुधबार ०६:३०

उत्तर कोरियाले मंगलबार बिहानै दुई वटा मिसाइल प्रक्षेपण गरेको छ । दुई हप्ता भन्दा कम समयमा उसले आजको समेत चौथो पटक मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।  मंगलबार बिहानै दक्षिण हवाङघाइ प्रान्तबाट प्रक्षेपण गरिएको दक्षिण कोरियाको योनहाप न्यूज एजेन्सीले जनाएको छ । मंगलबार बिहानै प्रक्षेपण गरिएको मिसाइल कस्तो खालको हो भन्ने खुलिनसकेको बीबीसीले जनाएको छ ।

अमेरिकाले आफूले त्यहाँको अवस्था अनुगमन गरिरहेको र दक्षिण कोरिया र जापानसँग परामर्श गरिरहेको जनाएको छ । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासलाई लिएर आक्रोश व्यक्त गर्दै आइरहेको छ । गएको शुक्रबार उत्तर कोरियाले दुई मिसाइल सी अफ जापान (पूर्वी समुद्र)मा हानेको थियो ।
सो मिसाइल करिब २२० किमी टाढा गएको जनाइएको थियो । त्यसअघि गएको बुधबार पनि उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको थियो । गएको २५ जुलाईका दिन प्रक्षेपण गरेको पहिलो मिसाइल ६९० किमीको दूरी सम्म जाने खालको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*