पानी र जीवाश्मको खोजीमा चन्द्रमामा गएको ‘चन्द्रयान-२’ले पठायो पहिलो तस्बीर

जनपत्र
२० श्रावण २०७६, सोमबार ०७:४०

अहिलेसम्म संसारका कुनै पनि देशले नपुगेको चन्द्रको दक्षिणी ध्रुवमा उतार्ने योजना सहित भारतले अगस्त ३ का दिन लन्च गरेर चन्द्रमामा पठाएको अन्तरिक्षयान चन्द्रयान २ ले पृथ्विको पहिलो तस्बीर खिचेर पठाएको छ । चन्द्रयान १ को सफलतापछि भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले चन्द्रयान २ नामको अन्तरिक्षयान प्रक्षेपण गरेको छ ।

वैज्ञानिकहरुले पानी र जीवाश्म मिल्न सक्ने अनुमान गरेको चन्द्रमाको जटिल एवं अपरिचित क्षेत्र मानिने दक्षिणी धुव्रमा यो यानले सेप्टेम्बरको पहिलो हप्ता अवतरण गर्ने छ । भारतले २०१२ मा चन्द्रमाका लागि पठाएको यान पनि मुख्यत पानीकै खोजीमा गएको थियो । विश्वले चन्द्रमामा मानव पाइला टेकेको ५० औँ वर्षगाँठ मनाइ रहेका बेला भारतले आफ्नो अन्तरिक्ष यात्रालाई निरन्तरता दिएको छ । भारतले सन् १९६० को दशकदेखि नै आफ्नो अन्तरिक्ष कदम अघि बढाउन थालेको थियो । हाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस्लाई मुख्य रुपमै लिएर योजना बनाउन लागेको बताइन्छ । भारतको पहिलो अन्तरिक्षको यानको लागत अन्तरिक्षबारे भनेको फिल्म ग्रेभिटी भन्दा कम थियो । यो अन्तरिक्षयान चन्द्रयान २ को लागत भने १४ करोड अमेरिकी डलर रहेको छ । अमेरिकाको एपोलो प्रोग्रामको रकम २५ करोड डलरभन्दा कम छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*