वेष्टइन्डिज विरुद्धको टी–२० सिरिज भारतलाई

जनपत्र
२० श्रावण २०७६, सोमबार ०७:३८

वेष्ट इन्डिजविरुद्वको टी–२० सिरिज क्रिकेट भारतले जितेको छ । अमेरिकाको फ्लोरिडामा आइतबार राति भएको दोस्रो खेलमा वेष्ट इन्डिजलाई २२ रनले हराउँदै भारतले ३ खेलको सिरिज २–० ले अग्रता लिँदै जितेको हो । भारतले ८ बर्षपछि विदेशमा वेष्ट इन्डिजविरुद्व सिरिज जित्न सफल भएको हो । पछिल्लो पटक भारतले सन् २०११ मा वेष्ट इन्डिजविरुद्धको सिरिज १–० ले जितेको थियो ।

यस्तो छ दोस्रो खेल
टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको नोक्सानीमा गुमाएर १ सय ६७ रन बनाएको थियो । ओपनर रोहित शर्माले ५१ बलमा ६७ रन बनाए । रोहितले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने कीर्तिमान पनि कायम गरेका छन् । उनले वेष्ट इन्डिजकै क्रिस गेलको छक्काको कीर्तिमान भंग गरेका हुन् । ९६ खेलमा १ सय ७ छक्का हानेर उनले कीर्तिमान रचेका हुन् । गेलको १०५ छक्का छ ।

जवाफी ब्याटिङमा उत्रिएको वेष्ट इन्डिजले १५.३ ओभरमा ४ विकेटको नोक्सानीमा ९८ रनमात्रै बनाउन सक्यो । त्यसपछि बर्षाले खेल प्रभावित बनेपछि डकवर्थ लुइसको आधारमा भारतले खेल २२ रनले जितेको हो ।  रोभमन पोवेलले ५४ रन बनाएका थिए । भारतका कुर्नाल पाण्डेयाले सर्वाधिक २ विकेट लिए । तीन खेलको सिरिजको अन्तिम खेल मंगलबार हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*