हेटौंडा अस्पतालमा सेवा बिस्तारसंगै दैनिक १५ जना सम्मको अप्रेसन हुन्छ–अध्यक्ष प्रसाई
हेटौंडा । मकवानपुरको हेटौंडा अस्पतालमा बिरामीको उपचारका लागि निकै सेवा विश्तार भएको छ । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान र हेटौंडा अस्पतालले सेवा बिस्तारको काम संगै पहिले दैनिक ५ देखि ७ जनाको अप्रेसन हुने गरेको भएपनि अहिले भने महिनाभरीको रेसियोलाई हेर्ने हो भने दैनिक १५ जना सम्मको अप्रेसन हुने गरेको छ ।
अस्पतालको नयाँ भवन निर्माणको काम सकिएर सेवा पनि नयाँ भवनबाट दिन सुरु गरेपछी उपचारको काममा निकै सहजता भएको छ । प्रतिष्ठान र प्रदेशको स्वास्थ्य मन्त्रालयले जनसक्ति पनि थप गरेपछी उपचारमा पहिलेको तुलनामा सहता समेत भएको छ । पहिलेको तुलनामा बिरामी जाँच गराउन आउनेहरु निकै थपिएका छन् ।
पहिले दैनिक ४ सय बिरामी आउने गरेका भएपनि अहिले भने दैनिक ९ सय देखि एक हजार जना सम्मले उपचार गराउने गरेका छन् ।
यसै सेरोफेरोमा रहेर हामिले मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार तथा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाई संग कुराकानी गरेका छौं । यो भिडियो कुराकानी सुन्नका लागि तलको लिन्कमा क्लिक गरौं ।