पृथ्वी शासहित तीन भारतीय क्रिकेटर निलम्बित

भारतीय क्रिकेटर पृग्वी शालाई डोपिङमा दोषी ठहर गर्दै निलम्बन गरिएको छ। उनलाई आगामी नोभेम्बर १५ सम्म निलम्बन गरिएको हो।
हिपको चोटबाट ग्रसित पृथ्वी वेस्ट इन्डिज भ्रमणका लागि घोषणा गरिएको टिममा थिएनन्। अब उनले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको टेस्ट गुमाउनेछन्।
पृथ्वीसँगै अन्य २ खेलाडी पनि निलम्बन पारेका छन्। उनीसँग घरेलु क्रिकेट खेल्ने अक्षय दुलारवर र राजस्थानका दिव्य गजराजलाई पनि निलम्बन गरिएको छ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पृग्वीले प्रतिबन्धित औषधी सेवन गरेकाले निलम्बन गरिएको जनाएको छ।