विश्वकप फुटबलकाे छनाेट खेल नेपालमै हुनेमा अन्याेल

सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबलका लागि छनोट चरणअन्तर्गत नेपालमा हुने खेल अन्योलमा परेको छ ।
आगामी भदौमा नेपालमा पहिलो होम गेमअन्तर्गत अस्ट्रेलियासँग खेल्नु पर्ने तालिका सार्वजनिक भइसकेको छ । तर नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला मर्मत सम्भारका क्रममा रहेकाले नेपालको होम गेम अन्योलमा परेकाे हो ।
एन्फाको मंगलबार बसेको आपतकालीन बैठकले एसियाली फुटबल महासंघलाई होम म्याचको सट्टा अवे म्याच खेल्ने र अन्य खेलहरु एएफसी.को खेलतालिका अनुसार नै खेल्नका निम्ति एसियाली फुटबल महासंघसँग समन्वय गर्ने निर्णय गरेको छ ।
तालिकाअनुसार १९ नोभेम्बरमा हुने नेपालको होम म्याचलाई पनि कुवेत फुटबल संघसँग समन्वय गरी कुवेतमा नै खेल्ने गरी कुवेत फुटबल संघ र एएफसीसँग आवश्यक पत्राचार गरी समन्वय र स्वीकृति प्राप्त भएपछि खेल्ने निर्णय गरिएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए ।