‘मुन्द्रेको कमेडी क्लब’ आजदेखि प्रसारण हुने

जनपत्र
२ चैत्र २०७९, बिहीबार १३:४८

कलाकार जितु नेपालको (मुन्द्रेको कमेडी क्लब) को तेस्रो सिजन आजदेखि प्रसारण हुने भएको छ।

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुन लागेको शोमा पहिलो अतिथि अभिनेता प्रदीप खड्का रहेका छन्।

जितु नेपालले सामाजिक सञ्जालमार्फत शो छायांकनको एक तस्बिर सार्वजनिक गरेका छन्। केही दिनअघि आज प्रसारण हुने एपिसोडको ट्रेलर सार्वजनिक गरिएको थियो।

शोको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की रहेकी छन् भने निर्देशकमा दिनेश डिसी छन्। त्यस्तै कलाकारहरूमा दमन रूपाखेती, प्रभात लामा, दिनेश काफ्ले र एलिना बाँस्कोटा छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*