स्वदेश फर्किएपछि पारसले भने- नराम्रो खेलका लागि जिम्मेवार छौं

जनपत्र
१४ श्रावण २०७६, मंगलवार ०६:३१

सिंगापुरमा आयोजना भएको आइसिसी टी-२० विश्वकप एसिया छनोटमा भाग लिएर नेपाली क्रिकेट टिम सोमबार राति स्वदेश फर्किएको छ। नेपालका बलरद्वय सन्दीप लामिछाने र सोमपाल कामी भने ग्लोबल टी-२० लिग खेल्न सिंगापुरबाटै क्यानडा गएका थिए।

प्रतियोगितामा नेपाल तेस्रो स्थानमा सीमित हुँदा युएईमा हुने विश्व छनोटमा पुग्न असफल भएको थियो। जसका कारण नेपालको आगामी वर्ष अस्ट्रेलियामा हुने विश्वकप खेल्ने सपना चकनाचुर भएको थियो। प्रतियोगिताबाट आयोजक सिंगापुर च्याम्पियन बनेर विश्व छनोटमा पुग्दा कतारले नेपाललाई रनरेटमा पछि पारेर दोस्रो स्थान हात पारेको थियो।

नेपालले प्रतियोगितामा मलेसिया र कुवेतालाई हराउँदा सिंगापुर र कतारसँग पराजय भोगेको थियो। स्वदेश फर्किएपछि नेपाली टिमका कप्तान पारस खड्काले राम्रो खेलका लागि जिम्मेवारी लिने बताए। ‘नेपाली क्रिकेट तलमाथि पुग्यो भन्दा पनि समग्रमा नेपाली क्रिकेट कहाँ भन्ने हामीलाई थाहा नै छ,’ पारसले भने, ‘यो पटक जति नै नराम्रो क्रिकेट खेल्यौ हामी खेलाडीहरु जिम्मेवार छौं।’

उनले हारका कारण सबैभन्दा दुखी भएको बताउँदै आगामी प्रतियोगितामा राम्रो खेल्ने विश्वास व्यक्त गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*