क्रिकेट रङ्गशालाका लागि एक सातामा डेढ करोड सङ्कलन

जनपत्र
१४ श्रावण २०७६, मंगलवार ०६:२३

रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि जिल्लामा सहयोग रकम सङ्कलन हुने क्रम बढेको छ । गत जेठ १५ गते स्थानीयवासीले बाटोको विवादलाई लिएर अस्थायी वार भत्काएपछि रोकिएको निर्माणको काम शुरु भएसँगै जिल्लामा रकम सङ्कलन हुन थालेको हो ।

यही साउन ८ गतेदेखि निर्माणको काम शुरु भएपछि जिल्लामा अहिलेसम्म रु एक करोड ४७ लाख ८८ हजार ५५५ सङ्कलन भइसकेको धुर्मश–सुन्तली फाउण्डेसनका अध्यक्ष सीतारम कट्टेलले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*