असममा भेटियो १४ फीट लामो गोमन साँप

जनपत्र
१२ श्रावण २०७६, आईतवार ०६:२२

भारतको असममा १४ फीट लामो गोमन सर्प भेटिएको छ । त्यहाँको एउटा चियाबगानमा सर्प भेटिएको हो । शुक्रवार नागाओं नामक स्थानको जिजुआरी चियाबगानमा गोमन देखिएको हो । मानिसहरूले साँप देखेपछि वन विभागलाई सूचना दिएका थिए । कर्मचारीहरूले सबभन्दा पहिले यसलाई देखेका थिए ।

विनोद दुलु बोहराले सर्प भेटिएको जानकारी पाएपछि सर्प समाते अनि त्यसलाई सुवाङ रिजर्भ फरेस्टमा छोडिदिए ।बोहरा वातावरण तथा पशुप्रेमी हुन् । विगत तीन दशकमा उनले तीन हजारभन्दा बढी प्राणीको ज्यान जोगाइसकेका छन् ।

एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*