यौनकर्म गर्न नमानेपछि पत्नीले काटिदिइन् पतिको गुप्तांग

युगान्डामा एक महिलाले आफूसँग यौनकर्म गर्न नमान्ने पतिको लिंग छिनाइदिएकी छन् । ती महिलाले अत्यधिक मदिरा सेवन गर्ने गरेकाले सजायस्वरूप पतिले यौन गर्न छोडेका थिए । बीएट्रिस एसेन नामक महिला असार १५ गते राति १० बजे टिल्ल भएर घर आइन् अनि पति मोसेस ओकोटलाई यौन गर्न भनिन् ।
ओकोट चाहिँ दिनभरि जनावरको शिकार गरेर घर आएका थिए । थाकेको सुरमा उनी खाना खाएर सुतिरहेका थिए । सुतेकै अवस्थामा बीएट्रिसले पतिमाथि आक्रमण गरिन् । पति उठ्दा उनको प्यान्ट रगतले भिजिसकेको थियो ।
घटनापछि एसेन फरार रहेको डेली मोनिटर पत्रिकाले लेखेको छ । पत्नीले अत्यधिक रक्सी पिउने भएकाले सजाय दिनलाई उनले पहिला पनि यौन गर्न नमानेको र त्यही रिसको सुरमा उनले आफ्नो लिंग काटिदिएको हुनुपर्ने पतिको भनाइ छ ।
‘पतिका रूपमा म उसको रक्सी पिउने बानी सहेर बस्न सक्दिनथिएँ । त्यसैले मैले उनीसँग सेक्स नगर्ने निर्णय लिएँ । उनी सुध्रिएलिन् भनेर यसो गरेको थिएँ,’ मोजेजले भने ।
यसअघि पनि यौन गर्न नमान्दा पत्नीले आफूमाथि भौतिक आक्रमण गरेको मोजेजले बताए । गाउँका अध्यक्षले पनि भने, ‘पोहोर साल उनले पतिको कुमको हाड भाँचेर भागेकी थिइन् ।’
गाउँमा घरेलु हिंसा व्यापक रहेको अध्यक्षले बताए । महिला तथा पुरुष दुवैले अत्यधिक मदिरा सेवन गर्ने गरेको उनको भनाइ छ । मोजेजको उपचार अपाक अस्पतालमा भइरहेको छ । प्रहरीले बीएट्रिसलाई खोजिरहेको छ ।
एजेन्सी