किन र कसरी नुहाउने दूधले ?

जाडोमा हामी प्रायः तातो पानीले नुहाउछौँ । तातो पानीले छालाको मोइस्चर घटाउँछ । जाडोमा यसै पनि सुख्खा हुने छाला तातो पानीले नुहाउँदा झन् सुख्खा हुन्छ र छाला फुट्ने, नराम्रो देखिने समस्या हुन्छ ।
त्यसैले, जाडोमा छालाको मोइस्चर जोगाउनु आवश्यक छ । छालाको मोइस्चर जोगाई सुख्खा हुनबाट बचाउन के गर्ने त ?
साबुनको सट्टा सावर जेल प्रयोग गर्ने
सावर जेल साबुनको तुलनामा सफ्ट र माइल्ड हुन्छ । नुहाउँदा साबुनको सट्टा सावर जेल प्रयोग गर्नाले यसमा भएको मोइस्चराइजिङ एजेन्टले छालाको सुख्खापन कम गर्न मद्दत गर्छ ।
बेसन र दूधको लेप प्रयोग गर्ने
हप्तामा १ वा २ पटक शरीरको सफाइका लागि साबुनको सट्टा बेसन र दूधको लेप प्रयोग गर्दा छालालाई फाइदा पुग्छ । यसका लागि, बेसनमा थोरै दूध मिसाएर पेस्ट बनाई शरीरभरि पेस्ट लगाएर केहीबेरपछि धुनुपर्छ ।
नुहाउनुअघि तेल मालिस गर्ने
जाडोमा छाला सुख्खा हुनबाट बचाउन नुहाउनुअघि तेल मालिस गर्न सकिन्छ । नुहाउनुभन्दा ३० मिनेटअघि नरिवल, जैतुन वा बदामको तेल शरीरमा लगाई मालिस गर्दा छाला नरम हुन्छ, मोइस्चराइजिङ क्रिमको प्रयोग पनि गर्नु नपर्ने हुन्छ ।
दूधले नुहाउने
दूधमा मोइस्चराइजिङ प्रोपर्टी हुन्छ । त्यसैले, दूधले नुहाउँदा छाला सफ्ट र मोइस्ट रहन्छ । दूधले नुहाउनुको अर्थ बाल्टीभरि दूध शरीरमा खन्याउने भने होइन । कपासलाई दूधमा भिजाएर शरीरमा हल्का रगट्ने र एकछिनपछि पानीले पखाल्नुपर्छ ।
मोइस्चराइजर लगाउने
सम्भव भएसम्म जाडोमा माइल्ड साबुन प्रयोग गर्नुपर्छ । नुहाउनेबित्तिकै मोइस्चराइजिङ क्रिम लगाउनाले छाला सुख्खा हुनबाट बचाउँछ ।
साथै, जाडोमा धेरैबेरसम्म तातो पानीले नुहाउनुहुँदैन । यसले छालाको मोइस्चर नष्ट गर्छ र छाला सुख्खा बनाउँछ ।
एजेन्सीको सहयोगमा