बागमती प्रदेशका भाग्यमानी मुख्यमन्त्रीः मन्त्रीको झण्डा हल्लाउँदै पुगेर मुख्यमन्त्री भएर फर्किए (भिडियो सहित)

जनपत्र
२५ पुष २०७९, सोमबार १५:५६

हेटौंडा । दुइ पटक सम्म बागमती प्रदेशको मन्त्रीका रुपमा काम गर्दै आउनु भएका नेकपा माओबादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेल यस प्रदेशका भाग्यमानी नेताका रुपमा परिचित हुनुहुन्छ । आज प्रदेश प्रमुखकोमा मुख्यमन्त्रीकोमा दावि पेस गर्न जाँदा मन्त्रीका रुपमा झण्डा हल्लाउँदै पुगेका जम्मकट्टेल फर्कदा मुख्यमन्त्री बनेर फर्कनु भएको छ । संघीयता कार्यान्वयनपछी सबै भन्दा धेरै पदमा रहने नेताका रुपमा जम्मकट्टेललाई लिन सकिन्छ ।

यस प्रदेशमा पहिले आन्तरिक मामिला मन्त्री बन्नु भएका उहाँपछी नेकपा बिभाजनपछीको सरकारमा आर्थिक मामिला मन्त्री बन्नुभयो । अहिले फेरी ७० जना सांसदको समर्थनमा यस प्रदेशका मुख्यमन्त्री बन्न सफल हुनुभयो । यस प्रदेशको पहिलो र दोस्रो कार्यकालमा विजयी भएका सांसदहरु मध्य भाग्यमानी हुनुहुन्छ जम्मकट्टेल । दुइ पटक मन्त्री भइसकेपछी काम गर्नका लागि अनुभव पनि भएको उहाँ वताउनुहुन्छ । यस प्रदेशमा केही न केही नयाँ काम गरेर देखाउने उहाँको भनाई छ ।

जम्मकट्टेलले मन्त्रालयको सख्या घटाउने वताउनु भएको छ । यस प्रदेशमा रहेका २४ वटा मन्त्रालयलाई घटाएर ११ वटा मन्त्रालय बनाउने मुख्यमन्त्री जमकट्टेलले वताउनुभयो । पहिलो चरणमा केही मन्त्री र दलहरुसंग सहकार्य गरेर मन्त्रीहरु नियुक्त गर्ने मुख्यमन्त्री जमकट्टेलले वताउनुभयो ।

यस प्रदेशमा आगामी दिनमा दलहरुसंग सहकार्य गरेर विकास निर्माण कामलाई प्राथमिकता दिने उहाँले वताउनुभयो । यस प्रदेशमा कार्यदल गठन काम सुरु गर्ने वताउनु भएको छ । अहिलेको दोस्रो कार्यकालमा केही न केही फरक रुपमा काम गर्ने उहाँले वताउनुभयो । पहिलेको सरकार भन्दा अहिले आफुले फरक ढंगले काम गर्ने उहाँले वताउनुभयो । मुख्यमन्त्रीका रुपमा नियुक्त भएलगतै पत्रकारहरुलाई प्रतिक्रिया दिदै उहाँले अव यस प्रदेशमा विकास कामले गति लिने वताउनुभयो ।

धादिङबाट बागमती प्रदेशसभा निर्वाचनमा विजयी भएका नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेल दोस्रो प्रयासमा मुख्यमन्त्री बन्नु भएको हो । प्रदेशसभाको पहिलो कार्यकालमा दुईपटक मन्त्री बनेका उहाँ दोस्रो कार्यकालमा भने बागमतीको चौथो मुख्यमन्त्री बन्नुभयो ।

यसअघिको कांग्रेस नेतृत्वको गठबन्धन टुट्नुले नै जम्मकट्टेललाई मुख्यमन्त्रीको बाटो खुलेको थियो । बागमतीमा कांग्रेसले बलियो दाबी गरेको थियो । एमाले नेतृत्वको गठबन्धन बनेपछि भने जम्मकट्टेललाई पहिलो चरणमै मुख्यमन्त्री हुने अवसर जुरेको हो । उहाँ प्रदेश झरेपछि निरन्तर सत्तामा हुनुहुन्छ ।

भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गरौ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*