जिल्ला लिगमा अध्यक्षकै क्लब सहभागी नहुने

हेटौंडा / मकवानपुर जिल्ला फुटबल संघमा विवाद देखिएको छ । व्यावसायिक र पारदर्शिताको नारा दिएर फुटबल संघको नेतृत्वमा आएको समितिका पदाधिकारीवीच विवाद देखिएको हो । साउनको अन्तिम हप्ताबाट जिल्ला लिग फुटबलको तयारीमा रहेको फुटबल संघमा क्लब दर्ताको विषयलाई लिएर विवाद सुरु भएको हो ।
संघले क्लब दर्ता गर्ने अन्तिम मिति असार २९ गतेलाई तोकिएपनि कतिवटा क्लब सहभागी हुने हो भन्ने विषय अन्यौलता छाएस“गै संघ पदाधिकारीवीच चर्काचर्की सुरु भएको हो । संघ सदस्यका अनुसार असार २१ गतेलाई क्लब दर्ता गर्ने समय दिइएपनि विभिन्न क्लबल केही दिनको समय माग गरेपछि पुनः असार २९ गतेसम्मको समय सीमा तोकिएको थियो ।
‘संघले तोकेको समय सीमाभित्र संघको अध्यक्ष र पूर्वअध्यक्षहरुकै क्लब दर्ता नभएपछि झन विवाद बढ्ने निश्चित भएको हो ।’, उक्त सदस्यहका अनुसार आइतबार सा“झसम्म पनि अध्यक्ष लामाको एफसी पोताला र पूर्वअध्यक्ष राजेन्द्र श्रेष्ठको सानोपोखरा क्लब दर्ता भएका छैनन् । ‘लिगलाई व्यवस्थित बनाउनका लागि कानुनीरुपमा क्लब दर्ता हुनुपर्ने प्रावधान हामी ले ग¥यौ । तर, त्यसभित्र संघकै पदाधिकारीहरुको समेत क्लब समेत समावेश हुन सकेनन् ।’, स्रोतका अनुसार विवादका कारण हाल अध्यक्ष लामा र अन्य पदाधिकारीवीच पानी बाराबारको अवस्था सिर्जना भइसकेको छ ।
तत्कालिन समयमा एन्फाका हालका अध्यक्ष कर्माछिरिङ शेर्पाको पक्षमा खुलेर लागेको हालका बहुमत कार्यसमितिलाई चुनाव सकिएलगत्तै छिरिङले रेड कार्ड देखाइ सकेका छन् । एन्फा मकवानपुरले असार पहिलो हप्ता आयोजना गर्नुपर्ने विद्यालयस्तरीय फुटबल प्रतियोगिता हालसम्म सञ्चालन गर्न सकेको छैन । देशभको ४५ जिल्लामा जिल्ला लिग भइसक्दा समेत मकवानपुरले अझै गर्न सकेको छैन । मकवानपुर जिल्ला फुटबल संघमा एन्फाका पूर्वअध्यक्ष गणेश थापा र वर्तमान अध्यक्ष शेर्पा कित्तामा उभिएर विवाद हुनु सामान्य जस्तो भइसकेको बुझिएको छ ।