गीता र सगुनलाई तीज लाग्यो

हेटौंडा । चर्चित मोडल द्वय सगुन श्रेष्ठ र गीता राईले तीज लक्ष्यित भिडियो बजारमा ल्याउने अन्तिम तयारी सकेका छन् । बिष्णु न्यौपानेको शब्द र खेम राज पौडेलको लयमा तयार गरिएको सो तीज गीतमा लोक गायिका सुनिता सुनार र गायक खेमराज पौडेल ले श्वर दिएका छन भने बसन्त लामाको निर्देशन र बिष्णु सेवाले छायांकन गरिएको उक्त भिडियो चितवनको चोक बजार स्थित रोयल बैक्यूटमा छायांकन गरियोको थियो ।
म्युजिक भिडियो तर्फ बलियो खम्बाको रुपमा आफुलाई स्थापित गराइ सकेका झन्डै ७ सय मुजिक भिडियोमा अभिनय गरी सकेकी चर्चित मोडल गीता राई अझै पनि आफुमा म्युजिक भिडियो प्रती समर्पित भइ आम दर्शक माझ पुगी रहन सक्ने जोस जाँगर रहेको बताईन ।
बाह्रसयभन्दा बढी म्युजिक भिडियोमा आफ्नो अभिनय तथा तीन चार सय म्युजिक भिडियोको निर्देशान गरी सकेका चर्चित मोडल सगुन श्रेष्ठले अहिले पनि उस्तै जोस जाँगर रहेको बताए ।
गीता राइले अभिनय गरेका तिते करेलीले, झिम झिम सानु, पछेउरी लेउ बैना, निस्ठुरी मायालु, जस्ता दर्जनौ गीत हरु सुप्पर हिट भएका थिए भने सगुन श्रेष्ठ द्वारा अभिनित, छमछम पाउजुले, डाँडै काटी जाउ बरु निर्माया, यो मोबाइल फोनले, स्याङजालीलाइ नभन झाली, बोले हुन्छ बरु मुख खोलेर, साइनो लाइदेउन, बोले हुन्नर,सिलाइ दिउला भोटो, जाम त भने बनको बाटो, हिमाल राम्रो हिउले जस्ता दर्जनौ गीतहरु सुप्पर हिट भएका थिए ।