विनोद चौधरीलाई जिताउन हिँडेपछि आयोगले भुवन केसीलाई सोध्यो स्पष्टीकरण
सरकारी संस्थामा कार्यरत व्यक्तिले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार(प्रसारमा संलग्न हुन वा प्रचार(प्रसार गर्न नहुने निर्वाचन आचारसंहिता विपरित नवलपरासी क्षेत्र नं। १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विनोद चौधरीको प्रचार(प्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसँग स्पष्टीकरण सोधेको छ ।
‘तपाईं चलचित्र विकास बोर्डको अध्यक्ष रहेको व्यक्तिले राजनीतिक दलका उम्मेदवारको प्रचार(प्रसार गर्नुभएको होईन भन्ने प्रमाण के छ रु,’ आयोगले अध्यक्ष केसीलाई पत्र काट्दै सोधेको छ । उम्मेदवारको प्रचार(प्रसारमा सहभागी भएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ९३० बमोजिम कारवाही किन हुनु नपर्ने भनेर पनि आयोगले केसीसँग स्पष्टीकरण मागेको छ ।
सरकारी पदमा बहाल रहेको व्यक्तिले जानाजान निर्वाचनमा उम्मेदवार रहेको व्यक्तिको प्रचार(प्रसार गरेको ठहर भएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा ४४ बमोजिम विभागीय कारवाही हुनसक्ने अवगत गराउँदै आयोगले कारवाही किन हुनु नपर्ने भनेर पनि केसीसँग जवाफ मागेको छ । बुधवार नवलपरासीमा भएको विनोद चौधरीको चुनावी सभामा भुवन सहभागी भएका थिए ।
भुवन केसी स्थानीय तह निर्वाचनको संघारमा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । कांग्रेसको टीका लगाएको केही महिनामा उनले चलचित्र विकास बोर्डको कुर्सी सम्हाल्ने जिम्मा पाएका थिए । कांग्रेस प्रवेश गरेको उपहार स्वरुप उनले बोर्ड अध्यक्षको कुर्सी पाएको भन्दै व्यापक आलोचना हुँदै आएको छ । उनी विनोद चौधरीको आग्रहमा चुनावी सभामा सहभागी भएको स्रोत बताउँछ ।






