लुकिरहेका अपराधीले पादेपछि प्रहरीले गर्‍यो पक्राउ

जनपत्र
२६ असार २०७६, बिहीबार १६:१३

अमेरिकाको मिसूरीमा प्रहरीबाट भागिरहेका एक आरोपितले लुकेको ठाउँमा पादेपछि प्रहरीले पक्राउ गर्न सफल भएको छ । लागूपदार्थ बोकेका ती अपराधीलाई प्रहरीले खोजिरहेको थियो । उनले लुकेकै ठाउँमा चर्को आवाजमा पादे । ‘पक्राउपूर्जी जारी भएको व्यक्तिलाई प्रहरीले खोजिरहेको बेलामा चर्को गरी पाद्दा लुकेको ठाउँ पत्ता लाग्छ अनि तिम्रो दिन पक्कै पनि दिसे हुन्छ,’ क्ले काउन्टी शेरिफ्स अफिसले फेसबूक पोस्टमा लेख्यो ।

लिबर्टी प्रहरी विभागले पनि यस घटनाको बारेमा ट्वीट लेख्यो । उनी पक्राउ पर्दा कोही पनि घाइते नभएको भन्दै उसले ट्वीट गरेको हो ।  स्थानीयहरूले सामाजिक सञ्जालमा प्रहरी विभागलाई अपराधी समातेकोमा धन्यवाद दिए ।

एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*