विकास गिरीको फिल्म ‘बिजुली’ का लागि अडिसन खुला

जनपत्र
१८ कार्तिक २०७९, शुक्रबार १३:३७

विकास गिरीको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘बिजुली च्याप्टर १’ का लागि अडिसन खुला गरिएको छ।

आगामी २२ गते कान्तिपुर फिल्म एकेडेमीमा हुने अडिसनमा २५ देखि ३० वर्ष उमेरका एक पुरूष, ३० देखि ३५ वर्षका एक पुरूष र १८ देखि २८ वर्ष उमेरकी एक महिला कलाकार र अन्य सहायक पात्रको लागि अडिसन खुला गरिएको हो।

बासुकी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा मुकुन भुसाल, बेनिशा हमाल, कालु राना अनुबन्धित भइसकेका छन् अब बाँकी कलाकार अडिसनबाट छानिने छन्।

लुना केसीको लगानी रहने फिल्मको छायांकन माघबाट सुरू गरिने निर्माण टिमको योजना छ। फिल्मलाई हरि घले लामाले छायांकन गर्नेछन्।

चार युग सत्य, त्रेता, द्वापर र कलियुग युगको प्रतिनिधि पात्रको कथामा बन्न लागेको फिल्मको अर्को भाग पनि निर्माण गरिने लेखक तथा निर्देशक गिरीले जानकारी दिए।

‘यो हिन्दु धर्मग्रन्थका पात्रको आधुनिक संस्करण हो। हिन्दु धर्मग्रन्थहरू रामायण, महाभारत र भागवत् गीताका चरित्रलाई समेटेर फिल्म बनाउन लागिएको हो,’ उनले भने।

यो विकास गिरीको डेब्यु निर्देशन फिल्म हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*