श्रीमानसँग मिलेर पूर्वप्रेमीको हत्या

कैलालीको चुरे गाउँपालिका-६ मड्डमा श्रीमान-श्रीमती मिलेर एक जनाको हत्या गरेको घटना सार्वजनिक भएको छ। गुल्मी घर भई हाल मजदुरी गर्दै आएका ३५ वर्षीय कमल कुँवरको हत्या गरी गाडेको अवस्थामा शव भेटिएको छ। कुँवरको हत्या गरेको आरोपमा सोही ठाउँका लालबहादुर लामा र उनकी श्रीमती कल्पनालाई प्रहरीले पक्राउ गरेको छ।
कल्पनाका पूर्वप्रेमी रहेका कुँवरको गत असार २२ गते हत्या गरी खोला किनारमा गाडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतले जानकारी दिए।