यी तीन कलाकारको ‘हिजो आजका कुरा’ नै बन्यो अन्तिम फिल्म

जनपत्र
२७ आश्विन २०७९, बिहीबार ०८:३१

एक समय टेलिभिजनको स्क्रिनमा सर्वाधिक रुचाइएको हाँस्य टेलिसिरियल ‘हिजो आजका कुरा’को नाममा निर्माण भएको फिल्म यही असोज २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । ‘ए जदौ माया जदौ’ गीतका कारण चर्चामा रहेको यो फिल्मलाई साकार पन्तले निर्देशन गरेका हुन् । उनी, बरिष्ठ कलाकार सन्तोष पन्तका छोरा हुन् । यही फिल्मबाट उनले निर्देशनमा डेब्यू गरेका हुन् ।

‘हिजो आजका कुरा’मा सन्तोष पन्त, रमा थपलीया, साकार पन्त, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव, रिमा बिश्वकर्मा,लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, सबिन शाक्य, कमला रेग्मीलगायतको अभिनय छ । यो फिल्ममा अभिनय गरेका जयनन्द लामा, रोहिणी भट्टराई र निरन्जनप्रसाद अर्यालको भने निधन भइसकेको छ ।
उनीहरु तीनै जना कलाकारको ‘हिजो आजका कुरा’ नै अन्तिम फिल्म बनेको छ । अर्याल र भट्टराईको कोरोना संक्रमणका कारण निधन भएको हो भने लामा आफ्नै गाडीमा मृत भेटिएका थिए । फिल्मका तीन जना प्रतिभाशाली कलाकारलाई गुमाउनु पर्दा आफूहरु दुस्खी भएको निर्देशक पन्त बताउँछन् । ‘हिजो आजका कुरा’ तीनै जना कलाकारप्रति श्रद्धासुमन भएको उनले बताए ।
पन्त फिल्म प्रोडक्सनको प्रस्तुति रहेको ‘हिजो आजका कुरा’लाई रवि सायमीले खिचेका हुन् । फिल्मको कार्यकारी निर्माता प्रतिभा पन्त, सह–निर्माता बैकुष्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र छन् । फिल्मको कथा सन्तोष पन्तको नै हो भने पटकथा सन्दिप किस्नाले लेखेका हुन् । फिल्मलाई मोफसलमा एफडी कम्पनी र राजधानीभित्र आरआर फिल्मस्ले वितरणको जिम्मा लिएको छ । फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*